पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।

२५ असारकाभ्रेपलाञ्चोक । खहरे खोलाको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग सुचारु भएकोछ ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले वीपी राजमार्ग रोशी गाउँपालिका- ९ पिन्थली बेसिखण्डमा खहरे खोलाको लेदो आएपश्चात बिहान सडक अवरोध रहेको जानकारी दिए ।

उनका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको छ । 

सडक विभागस्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *