भारतमा लडाकु विमान दुर्घटना हुँदा दुई जनाको शव भेटियो

गाउँलेहरूबाट प्राप्त जानकारी अनुसार आकाशमा ठुलो आवाज आएपछि खेतमा आगोको ज्वाला फैलिएको थियो।  

काठमाडौं : भारतको राजस्थानस्थित चुरु जिल्लाको रतनगढ क्षेत्रको भानुदा गाउँमा बुधबार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। घटनास्थलबाट २ जनाको शव निकालिएको छ।

घटना लगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो। गाउँलेहरूबाट प्राप्त जानकारी अनुसार आकाशमा ठुलो आवाज आएपछि खेतमा आगोको ज्वाला फैलिएको थियो।

दुर्घटनाग्रस्त विमान भारतीय वायुसेनाको जगुआर हो। शव पहिचान गर्ने प्रक्रिया सेना र स्थानीय प्रशासनले गरिरहेको छ।

विमान दुर्घटनाग्रस्त भएको ठाउँ मरुभूमि क्षेत्र हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *