सेयर बजार ९.९९ अंकले घट्यो, ८ अर्बमाथिको कारोबार
६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ
१६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा पुगेको हो।
कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो ।
नेप्से सामान्य अंकले घटेपनि पाँच कम्पनीक सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
विशाल बजार,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैकको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा यसदिन एक्सेल डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड मूल्यय बराबरको सेयर कारोबार भयो।
६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो ।