टी-२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान

नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको हो ।

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार टी-२० ट्वान्टी एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटको समूह विभाजना गरेको छ।

आइसीसीले जारी गरेको समूहमा नेपाल र कुवेत एकै समूहमा रहेर प्रतिस्पर्धा गर्ने पक्का भएको छ। प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेर छनोट खेल आयोजना हुने छ।

समूह ‘२’ मा नेपाल र कुवेतसँगै जापान रहँदा समूह ‘१’ मा युएई, मलेसिया र कतार रहेका छन्। त्यस्तै समूह ‘३’ मा ओमान, पपुवा न्यु गिनी र सामोअ रहेका छन्।

हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्ने छन्। सुपर सिक्समा राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्। विश्वकप एसिया तथा पुर्वी एसिया छनोट अक्टोवर १० देखि १७ सम्म आयोजना हुने छ।

आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवर सम्म तथा सुपर सिक्सको खेल १२ देखि १७ अक्टोवरसम्म आयोजना हुने छ। समूह विभाजन भएका देशहरुमा नेपाल, पपुवा न्युगिनीले विश्वकपको अनुभव बटुलिसकेका छन्।

कहिले कुन टिमसँग भिड्छ नेपाल?

८-१७ अक्टोबरसम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमीमा हुने एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्र छनोटमा कुल ९ टोली सहभागी हुने छन्। सहभागी टोलीहरू तीन-तीनको समूहमा विभाजित छन्।

समूह ‘२’ मा रहेको नेपालले  कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने छ। नेपालले समूह चरणको पहिलो खेल ८ अक्टोबरमा कुवेतविरुद्ध खेल्ने छ। दोस्रो खेल भने १० अक्टोबर जापानविरुद्ध हुने छ।

समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुने छ। जहाँ शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *