स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित पक्राउ

गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँसहित उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

रौतहट : स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-२ का ३० वर्षीय चंदन पंडित रहेका छन्।

गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँसहित उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *