एमालेसँग कुरा नमिलेपछि वामदेव गौतम समाजवादीमा जाने

साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

२७ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबी हस्ताक्षर गरेका हुन्।

साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।

यस्तो छ सहमतिपत्र-

Leave a Reply

Your email address will not be published. Required fields are marked *