एक मिनेटमै सक्यो काठमाडौं महानगरको कार्यपालिका बैठक, बजेट आइतबार आउने

मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए ।

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ ।

मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गरेको छ। महानगरले २५ अर्ब ११ करोडको बजेट ल्याउने तयारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *