एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारी आउनु सकारात्मक : झलनाथ
वामपन्थी एकता आजको आवश्यकता रहेको दाबी गर्दै उनले भण्डारीको पहल सकारात्मक हुनुपर्ने उल्लेख गरे।
२८ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन्।
शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।
वामपन्थी एकता आजको आवश्यकता रहेको दाबी गर्दै उनले भण्डारीको पहल सकारात्मक हुनुपर्ने उल्लेख गरे।
‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदी विद्या भण्डारीले त्यो कुरा महशुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने ।
अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकतावद्ध गर्न जरुरी रहेको उनको भनाइ थियो ।