बालबालिकाको सुरक्षामा काठमाडौं महानगरको प्राथमिकता

आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन साहले बालअधिकारको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउँदै यस्तो गृह सञ्चालनमा ल्याइने बताए।

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा परेका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ।

आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन साहले बालअधिकारको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउँदै यस्तो गृह सञ्चालनमा ल्याइने बताए।

महानगरले हिंसामा परेका, पीडित र सडकमा बसोबास गर्न बाध्य बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यसहित संरक्षण गृह सञ्चालन गर्न लागेको हो ।

यसबाट बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापना कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *