मीनबहादुर गुरुङको प्रशंसा गर्दै प्रधानमन्त्रीको शुभकामना– दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्
क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्।’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख गरेर कमाएको धन सामाजिक कामका लागि दान गरेको भन्दै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको प्रशंसा गरेका छन्। भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित त्रिवि शिक्षण अस्पतालकाे भवन उद्घाटनका अवसरमा बाेल्दै उनले दान गर्ने क्षमता वृद्धि हुँदै जाओस् भनेर शुभकामना दिएका हुन्।
उनले भने,‘कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्। गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन्। क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्।’
प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेको बताए। उनले सकभर बिरामी नहुने गरी आहार, विहार र आरामम ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताए।