यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

३२ असार, काठमाडौं । विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।

ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *