बंगलादेश वायुसेना विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

दुर्घटनामा परी १७० जनाभन्दा बढी घाइते भएका छन्।

ढाका (एजेन्सी) :बंगलादेशी वायुसेनाको प्रशिक्षण विमान राजधानी ढाकाको एक स्कूल/क्याम्पस परिसरमा दुर्घटनाग्रस्त हुँदा  मृत्यु हुनेको संख्या २७ पुगेको छ।

वायुसेनाले तालिमका लागि प्रयोग हुने विमान  विद्यालय परिसरमा खस्दा २७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी छन् ।उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो ।

ढाकास्थित माइलस्टोन कलेजमा सेनाको विमान ठोकिएपछि उद्धारमा खटेका दमकल कर्मचारी र स्वयंसेवकहरू बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सल्लाहकारले मृतकको सङ्ख्या बढेको मंगलबार बिहान पुष्टि गरेका हुन्।

दुर्घटनामा परी १७० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए । दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको अनुमान छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *