८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार

बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।

६ साउन, काठमाडौं । मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो ।

कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।

२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।

बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।

२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।

बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । आजको कारोबारपछि टे«ड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा पुगेको छ भने सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको ९.९०, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजुको २.४६, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ तथा पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप छन् ।

बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो । बजार बढ्दै जाँदा अब पूँजीकरणमा दिनदिनै नयाँ रेकर्ड बन्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *