तीनकुनेमा गुडिरहेको एम्बुलेन्सको टायर पड्कियो, चालक घाइते
बिरामीलाई टेकु अस्पताल पुर्याएर फर्कने क्रममा काठमाडौंको तीनकुनेमा एम्बुलेन्स टायर पड्केर दुर्घटनामा परेको हो ।
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जाबाट बिरामी लिएर काठमाडौं आएको एउटा एम्बुलेन्स हिजो राति करिब १० बजेको समयमा दुर्घटनामा परेको छ ।
बिरामीलाई टेकु अस्पताल पुर्याएर फर्कने क्रममा काठमाडौंको तीनकुनेमा एम्बुलेन्स टायर पड्केर दुर्घटनामा परेको हो ।
ज १ च १७६६ नम्बरको नेपाल रेडक्रम सोसाइटी कुशेश्वरदुम्जा उपशाखाको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
एम्बुलेन्सका चालक दुर्गा कोइराला सामान्य घाइते भएका छन् । प्रहरी वृत्त तीनकुनेको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ ।