रविको राहदानी कीर्तेसम्बन्धी रिट फुयाल र निरौलाको इजलासमा

पौडेलले उक्त निर्णय खारेज गरेर अनुसन्धान गर्न आदेश हुनुपर्ने माग


१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी कीर्तेसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा परेको छ ।

सभापति लामिछानेलाई राहदानी दुरूपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिट न्यायाधीशद्धय फुयाँल र निरौलाको इजलासमा पेशी परेको हो।

लामिछानेले अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो ।

२०७९ चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

२० चैत, २०७९ मा त्यही निर्णयका विरुद्ध दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ ।

लामिछानेमाथि युवराज पौडेलले उक्त निर्णय खारेज गरेर अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिटनिवेदन दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *