थाइल्याण्ड र कम्बोडियाली सैनिकबीच गोलीबारी जारी
बिहानैदेखि दुई देशका सैनिकबीच गोलीबारी भइरहेको छ।
८ साउन, काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ ।
थाइल्याण्ड–कम्बोडिया सीमामा झडप भएको छ। बिहानैदेखि दुई देशका सैनिकबीच गोलीबारी भइरहेको छ।
दुवै पक्षले एकअर्कालाई पहिला गोली चलाएको आरोप लगाएका छन्।
थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् ।
त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।
कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाएको बेलायती अखबार द गार्डियनले लेखेको छ । यो गोली प्रहार हुँदा थाई नागरिक मारिएको क्षेत्रमा पर्छ ।