सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण यसैवर्षदेखि

उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ ।

८ साउन, काठमाडौं। नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ ।

उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवाद्वारा तयार पारिएको डिपिआर निगमको हवाई इन्धन डिपो सिनामंगललाई हस्तान्तरण गरिएको हो ।

डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो ।

५ मंसिर २०८१ मा भएको सम्झौता अनुसार तयार पारिएको डीपीआर कन्सल्टेन्सी सेवाले निगमलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए। डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुने निगमले जनाएको छ ।

निर्माण हुन लागेको डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख अनुमान गरिएको छ । यसै आर्थिक वर्षको मंसिर महिनामा निर्माण कार्य सुरुगरी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरि डिपो सञ्चालन गर्ने योजना रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *