दुर्घटनामा परी नमोबुद्धका पूर्वनगर प्रमुख टिपी शर्मा गम्भीर घाइते

टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रे : नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । आज बिहान तिमल्सिना सवार स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध- २ बिस किलो भन्ने ठाउँमा अर्को स्कुटरले ठक्कर दिएको थियो ।

स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तिमल्सिना सवार स्कुटर चालक उनका छोरा किशोर तिमल्सिना थिए । छोरा किशोर सामान्य घाइते भएको जिल्ला प्रहरी कायालय काभ्रेले जनाएको छ ।

बिहान नार्केबाट धुलिखेलतर्फ आउँदै गरेको बा ६२ प ३५७८  नम्बरको स्कुटरले तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । मेलुङ गाउँपालिका-३ घर भई हाल रोशी गाउँपालिका -८ बस्ने  बा ६२ प ३५७८ नम्बरको स्कुटर चालक निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागि मेथिनकोट अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *