थापाथलीमा बिजुलीको पोलमा आगलागी

आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो ।

११ साउन, काठमाडौं ।  काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो ।

आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो ।

नगर प्रहरीसहित पुगेको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

सँगै तार व्यवस्थापनको काम पनि भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *