दिगम्बर झासँग विशेष अदालतले माग्यो ३ लाख धरौटी
विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग ३ लाख धरौटी माग गरेको हो ।
११ साउन, काठमाडौं । टेरामक्स प्रकरणमा आरोपित बनाइएका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग विशेष अदालतले ३ लाख रुपैंया धरौटी माग गरेको छ ।
विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग ३ लाख धरौटी माग गरेको हो ।
कानूनी प्रक्रियाविना नागरिकको गोप्य विवरणमा पहुँच राख्न रोक लगाएको अवस्थामा झा लगायत प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरुले टेरामक्स खरिदको निर्णय गर्दै प्रक्रिया अघि बढाएका थिए ।