सरकार स्वेच्छाचारी हुनसक्ने भूमि विधेयक

विधेयकमा संशोधनकर्ता सांसदहरूसँग छलफल सकिएपछि समितिमा छलफल हुनेछ र विधेयक अगाडि बढ्नेछ ।

१२ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकिएको छ । आइतबारदेखि संसदीय समितिमा सुरु भएको दफावार छलफलमा १७ जना संशोधनकर्तासँगको छलफल सकिएको समिति सचिवालयले जनाएको छ ।

भूमिसम्बनधी केही नेपाल ऐन संशोधन विधेयकमा ५५ वटा संशोधन परेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि दफावार छलफल गरिरहेको छ । आज पनि संशोधनकर्ता सांसदहरूसँग छलफल रहेको छ ।

विधेयकमा संशोधनकर्ता सांसदहरूसँग छलफल सकिएपछि समितिमा छलफल हुनेछ र विधेयक अगाडि बढ्नेछ ।

विधेयकसँग सम्बन्धित विषयमा सरोकार राख्ने निकाय र व्यक्तिसँग छलफल गर्ने वा नगर्ने भन्नेमा समिति निर्णयमा पुगेको छैन । यो विधेयकलाई जति सक्दो छिटो पास गर्ने तयारीमा सत्तारुढ दल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *