लोडसेडिङ कतै छैन, लोड थाम्न नसकेर लाइन गएको हो: हितेन्द्रदेव शाक्य

विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरे ।

१२ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।

विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरे ।

भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको बताए ।

लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ । चितवनमा भैरहेको विद्युत आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ । ‘पहिले नै यहाँको सिष्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो’, कार्यकारी निर्देशक शाक्यले भने, ‘अब मंगलबार बेलुकासम्म चितवनको विद्युत आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *