२९६२ अंकमा झर्यो सेयर बजार, दुई समूह ३ प्रतिशत बढे
बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशत घटे ।
१२ साउन, काठमाडौं । सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो ।
सो घटाइपछि नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । हिजो आइतबार पनि बजार १८.४४ अंक घटेको थियो । कारोबार खुलेपछि नै बजार ओरालो लाग्यो ।
बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त र सान्भी इनर्जी छन् । सूचीकृत भएपछि लगातार १० प्रतिशतका दरले मूल्य बढ्दै गएको सान्भी प्रतिकित्ता ६९८.६२ रुपैयाँ मूल्यमा पुगेको छ । त्यस्तै ट्रेड टावरको मूल्य ९.५३ प्रतिशत बढेर ७८०.९४ रुपैयाँ पुगेको छ ।
हिमालयन डिस्टिलरीको ५.८०, सांग्रिला डेभलपमेन्ट बैंकको ५.७३ प्रतिशत मूल्य बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.४९, ग्रिन भेन्चर्सको ५.०८ तथा उन्नति सहकार्य लघुवित्तको ४.४१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर छन् । बजारको पूँजीकरण ४९ खर्ब ४२ अर्ब पुगेको छ ।