भेरी नदीमा फसेका ४ जनाको सकुशल उद्धार

उनका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरू भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेका थिए ।

१३ साउन, काठमाडौं । डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरू भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेका थिए ।

उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *