सुन तोलाको १ हजार रुपैयाँले बढ्यो
छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार
१८ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो ।
त्यसैगरी चाँदीको भाउ मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ । सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।