सुनको मूल्य एकैदिन ३ हजारले बढ्यो

शुक्रबार सुनको भाउ २ लाख ३५ हजार रुपैयाँ थियो र आइतबार ३ हजार रुपैयाँले बढेको छ।

२६ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ।

शुक्रबार सुनको भाउ २ लाख ३५ हजार रुपैयाँ थियो र आइतबार ३ हजार रुपैयाँले बढेको छ।

चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेर ३ हजार १२५ रुपैयाँ पुगेको छ जुन हालसम्मकै उच्च मूल्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *