‘ह्रस्व दीर्घ’ प्रिमियरमा प्रदीप रावत, ब्रम्हानन्दम काठमाडौं आउने
२६ सोमबार,काठमाडौं । ‘ह्रस्व दीर्घ’ प्रिमियरमा प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडैं आउने भएका छन् । कात्तिक २९ गते सो चलचित्रको प्रिमियर तय भएको छ । अभिनेत्रि निता ढुंगानाले स्वयम् को लगानिमा निर्माण गरेको यो चलचित्र कात्तिक ३० गते नेपाली र हिन्दी भाषामा हेर्न पाइने छ । निर्देशक चन्द्र पन्तले प्रिमियर भएको खण्डमा ३ नै जना ब्रम्हानन्दम,प्रदिप रावत र अली नेपाल आउने बताएका छन् । निर्माता कम्पनी नीता फिल्म्सले मंगलबार ट्रेलर सार्वजनिक गरेर कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिसकेका छन् ।