आज सेयर बजार २२.१४ अंकले बृद्धि हुदा कारोबार रकम ११ अर्ब ३१ करोड
२६ कात्तिक, काठमाडौं । सोमबार सेयर बजार २२.१४ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो ।
कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे । निर्जीवन बीमा -०.२२, विकास बैंक -०.१०, फाइनान्स -०.३०, हाइड्रोपावर -०.०५ प्रतिशत घटे ।