तीन जना प्रदर्शनकारीको निजामती अस्पतालमा मृत्यु
दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए ।
२४ भदौ, काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए ।
जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए ।
दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए ।