जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
काठमाडौं : जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको छ। पशुपतिनाथ आर्यघाटमा शुक्रबार मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको हो।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
जेन्जी आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ। प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ।
अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।