जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

काठमाडौं : जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको छ। पशुपतिनाथ आर्यघाटमा शुक्रबार मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको हो।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

जेन्जी आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ। प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ।

अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *