रोशी खोलाले ९ स्थानभन्दा बढी ठाउँमा बीपी राजमार्ग कटान

पिप्ले र बोक्सीकुनामा पैदल हिड्ने बाटो समेत छैन।’–कार्कीले भने ।

१८ असोज, काभ्रेपलाञ्चोक। गत असोजमा बगेको बीपी राजमागको विभिन्न स्थानमा बनेका डाईभर्सनहरु अविरल वर्षाको कारण पुनः बगेका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थान भन्दा बढी ठाउँमा रोशीले राजमार्गले बगाएको छ।

उनका अनुसार रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनिको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

‘रोशी खोलामा बहाव बढिरहेको र अहिले सम्म ९ स्थान भन्दा बढी क्षेत्रमा राजमार्ग कटान भएको छ। पिप्ले र बोक्सीकुनामा पैदल हिड्ने बाटो समेत छैन।’–कार्कीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *