छविलाई पोखराबाट पर्सा लगियो, रवि लामिछानेलाई पनि लैजाने तयारी
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी
२४ मंसिर, काठमाडौं । गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएको छ ।
आज बिहान प्रहरी स्रोतले उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै पर्सा पुर्याइएको बतायो ।
जिल्ला सरकारी वकिलको कार्यालयमा आज उनको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ ।
रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । समय भने निश्चित नभइसकेको प्रहरी स्रोतले बतायो ।