जनकपुरको लजास्पद हार, सुदूरपश्चिम रोयल्स ७२ रनले विजयी

जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ


२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ।

सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ ।

हालसम्म अविजित रहेको जनकपुरको ओपनरद्वय सस्तैमा आउट हुँदा मिडलअर्डर पनि कोलाप्स भएको हो। सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।

यो एनपीएलमा लक्ष्य पछ्याउँदा सबैभन्दा कममा प्याक भएको हो।

यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।

जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २ २ विकेट लिए ।

पावरप्लेमा बिना कुनै विकेटको क्षति ४२ रन बनाएको हो। ६.४ ओभरमा कुनै पनि विकेट नगुमाउँदै सुदूरपश्चिम रोयल्सले ५० रन पूरा गर्‍यो। ७.४ ओभरमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा सैफ जैबलाई गुमायो। उनले ओपनर विनोद भण्डारी सँग ५५ रनको साझेदारी गरे। जैबले २१ बलमा २ चौका सहित २१ रन बनाएर हर्ष थाकरको बलमा अरनिको यादवको हातमा क्याच भए।

जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *