त्रिवि सभाले पारित गर्यो ११ बुँदे नीति
बिहीबार बसेको सभाबाट ११ वटा नीति पारित भएको हो
२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट ११ वटा नीति पारित भएको छ ।
बिहीबार बसेको सभाबाट ११ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् ।