अदालतद्धारा दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश, तर तत्काल नछुट्ने
प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ
२७ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा यसअघि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।