पेन्टागन कलेजकी विद्यार्थी पशुपतिको जंगलमा सुसाइड नोट सहित मृत फेला
सुसाइड नोटमा लेखिएको छ,'बाँच्न मन छैन, सबैतिर म असफल भएँ। कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्,मलाई मर्न दिनुस्
२८ मंसिर, काठमाडौं । काठमाडौंको पशुपति मन्दिर पछाडि रहेको जंगलमा एक युवती मृत भेटिएकी छन् ।
काठमाडौं –८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मनिसा मिजार मृत भेटिएकी हुन् ।
मृत भेटिएकी मनिसा बानेश्वरमा रहेको पेन्टागन कलेजमा कक्षा १२ मा पढ्दै गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौको प्रवक्ता नवराज अधिकारीकाअनुसार शंकरापुर नगरपालीका ५ घर भई उनि हाल शान्तिनगर बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार शव भए नजिकै ओस्ताज नामक विषादिको खाली बट्टा फेला परेको छ । उनी हराएको भन्दै उनका आफन्तले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा जंगलमा उनको शव फेला पारेको हो ।
उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
टनास्थलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ। सुसाइड नोटमा लेखिएको छ,’बाँच्न मन छैन, सबैतिर म असफल भएँ। कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्,मलाई मर्न दिनुस् ।’
उनले जीवनदेखि हार खाएका गुनासो पत्रमा लेखेकी छिन्।