सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत

ज्ञवालीले ‘अबको २५ दिनभित्र मुख्य टनेल र बाइपास ३ टनेल सबै ब्रेक थ्रु हुन्छ’ भनिन्


३ पुस, काठमाडौं । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ३५।२५ प्रतिशत र वित्तीय प्रगति भने ३२।२ प्रतिशत पुगेको छ ।

आयोजनाका अनुसार मंगलबारसम्मको प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास ९क्रस प्यासेज० ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न बाँकी छ ।

सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले मुख्य टनेल ९९७ मिटर खनेर सकिएको ताइन् । अब ९२ मिटर खनेपछि मुख्य टनेल ब्रेक थ्रु हुने उनले बताइन् ।

ज्ञवालीले ‘अबको २५ दिनभित्र मुख्य टनेल र बाइपास ३ टनेल सबै ब्रेक थ्रु हुन्छ’ भनिन् ।

इन्जिनियर सविता ज्ञवालीले गत २६ भदौमा तेस्रो र ४ असोजमा पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको थियो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन समय लागेको हो । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी रहेको बताइन् ।

दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग बनिरहरेको छ । यो सुरुङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको हो ।

सिद्धबाबा सुरुङमार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङमार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सिद्धबाबा क्षेत्रको बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।

ईपीसी मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *