नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द
कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो
३ पुस, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।
आज ३१४ स्क्रिप्सको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो। मंगलबार ४ अर्ब ३४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड मूल्य बढिको सेयर कारोबार भयो।
कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।