चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

अब कर्णालीले क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ


३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ।

अब कर्णालीले क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए।

कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो ।

त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए।

चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १ १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *