दुईतिहाइको सरकार हुँदा पनि तीनकुनेको मुआब्जा प्रक्रिया अघि बढेन : बालेन

बालेनले अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको  बता


१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बालेनले अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको  बताए।

उनले पचासौं वर्षदेखि जग्गा कव्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्रापत भएको बताए। स्थानीयहरूलाई कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले सुझाव दिए।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधनसमेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए।

शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्री वितरण गर्न सुझाव दिए। कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *