सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए


१३ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छन्। वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थायी न्यायाधीशबाटै अवकाश भएका थिए ।

२०६४ सालमा सर्वोच्च अदालत बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्य समेत रहेका उनी सहितको टोलीले त्यतिबेला अड्डाअदालतमा बिचौलियाहरु हावी रहेको भनी प्रतिवेदन दिएको थियो । सर्वोच्च अदालतले २०६६ सालमा गठन गरेको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *