काठमाडौंमा जेसिबिको ठक्करबाट बालिकाको मृत्यु
नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको शुक्रबार दिउँसो मृत्यु
२६ पुस, काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै जेसिबिको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले जेसिबि चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय कार्यालय केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।