कर्णाली याक्समा स्टार क्रिकेटर शिखर धवन, कसरी सम्झौता भयो सम्भव ?


२९ कात्तिक, काठमाडौं । एनपीएल टीम कर्णाली याक्सले स्टार क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेको छ । अहिले नेपालदेखि भारतसम्म यो विषयले ठूलो चर्चा पाएको छ ।
‘समथिङ इज बिग’ भन्दै सामाजिक सञ्जालमा कर्णाली याक्सले भिडियो पोष्ट गरेर समर्थकलाई कौतुहल बनाएको थियो । सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरिसकेका छन् ।सम्झौतामा हस्ताक्षर गरिसके पनि सम्झौता रकम भने खुलाइएको छैन ।
बिहीबार बिहान भेट्रान ब्याटर धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेपछि धवन एनपीएलका लागि खेल्ने आउने सबैभन्दा ठूलो स्टार बने । एनपीएलका लागि करोड माथिको रेट राखेका धवनसहित सुरेश रैना, दिनेश कात्तिक, केदार जाधव, रोविन उथप्पाजस्ता स्टार थिए तर अन्तिममा कर्णालीले धवनलाई नै अनुबन्ध गर्न सफल भयो ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *