राष्ट्रपति पौडेलले गरे काठमाडौं–तराई मधेश द्रुतमार्गको अवलोकन

पौडेलले आयोजनालाई तोकिएको समयभित्र नै पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए


४ माघ, काठमाडौं । निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले अवलोकनको क्रममा निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका छन् ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र नै पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *