स्कुल बसले ठक्कर दिँदा एकै परिवारका तीनजना गम्भीर घाइते
विपरीत दिशबाट प्र२–०१–००१प ७९ नम्बरको संकल्प विद्या आश्रमका स्कुल बसले ठक्कर दिँदा दुर्घटना भएको

६ माघ, काठमाडौं । सडक दुर्घटनामा परि उदयपुरका एकै परिवारका तीनजना घाइते भएका छन् ।घाइतेहरूको लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
पूर्वपश्चिम हाईवेअन्तर्गत लहान नगरपालिका(१३ मा सडक दुर्घटनामा परि घाइते हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका(६ देउरीका ४० वर्षीय किरण थापा उनकी श्रीमति २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा छन् ।
प्रहरीका अनुसार तीनैजना बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आइरहेका थिए । विपरीत दिशबाट प्र२–०१–००१प ७९ नम्बरको संकल्प विद्या आश्रमका स्कुल बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
बसका सवारी चालक दिपेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेका छन् । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने बुझिएको छ ।