हमासले सार्वजनिक गर्यो इजरायली ३ बन्धकको नाम
रिहा गरिनेहरू २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन्

६ माघ, काठमाडौं । हमासले इजरायली तीन बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले गाजामा युद्धविराम सम्झौताको कार्यान्वयनको पहिलो दिन रिहा गरिने ती तीनै बन्दीहरू महिला रहेका छन् ।
रिहा गरिनेहरू २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् ।
यी तीनजना महिलाहरू युद्धविरामको सम्झौताको पहिलो चरणमा रिहा गरिने बताइएको छ ।
२८ वर्षीया एमिली दमारी ब्रिटिश-इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्दीहरूको नाम नदिएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिएका थिए ।त्यस्तै ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।
युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुने योजना थियो, तर इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दै कम्तीमा १० जना प्यालेस्टिनीको हत्या गरेको छ।