गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट,१७ लाख आवेदकको हात खाली
बुधबार प्रिअलटमेन्ट भएको थियो भने आज आइतबार आईपीओ बाँडफाँट भएको हो

६ माघ, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो ।
गार्डियनले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
कुमारीका अनुसार १ लाख ८४ हजार ५ सय जना प्रत्येकले १० कित्ताका दरले गार्डियनको आईपीओ पाएका छन् । बुधबार प्रिअलटमेन्ट भएको थियो भने आज आइतबार आईपीओ बाँडफाँट भएको हो ।
कुमारी क्यापिटलका अनुसार गार्डियनको आईपीओमा १७ लाख २३ हजार ९ सय ३१ जनाको हात खाली भएको छ । गार्डियनको आईपीओमा १९ लाख ८ हजार ३ सय ३१ जनाले २ करोड ५२ लाख ७ हजार ६ सय ९० कित्ताका लागि आवेदन दिएका थिए । जसबाट २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको थियो ।