बिगबोस सिजन १८ को फिनाले आज, कसले जित्ला उपाधि ?
भिभियन डिसेनाको नाम फिनालेका लागि सबैभन्दा पहिलो दाबेदारीमा छ
६ माघ, काठमाडौं । ‘बिग बोस १८’ चर्चित भारतीय टिभी रियालिटी शो को ग्रान्ड फिनाले आइतबार राति आयोजना हुँदैछ । भिभियन डिसेना, चुम दराङ, अविनाश मिश्रा, रजत दलाल, करणवीर मेहरा र ईशा सिंहमध्ये एकजनाले उपाधि जित्नेछन् ।
फिनालेलाई लिएर दर्शकमाझ व्यापक उत्साह छ । कतिपय भारतीय सञ्चारमाध्यमले सम्भावित विजेताबारे चर्चा थालेका छन् ।उपाधि जित्नेले ५० लाख नगद र चम्किलो ट्रफी पनि पाउनेछन् ।
भिभियन डिसेनाको नाम फिनालेका लागि सबैभन्दा पहिलो दाबेदारीमा छ । उनी सुरुदेखि नै शोमा दर्शकको प्रिय बनेका छन् । अहिले उनले फ्यानको मनमा स्थान बनाएका छन् । साथै रजत दलाल र करणवीर मेहराबीच फाइनलको भोटिङमा पनि प्रतिस्पर्धा छ ।
नेपाली दर्शकले फिनालेलाई कलर्स टिभीमा राति पौने १० बजेदेखि हेर्न सक्नेछन् । ओटीटी दर्शकले फिनालेलाई जियो सिनेमा एप र जियो टिभीमा पनि लाइभ हेर्न सकिने जनाइएको छ ।