आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। यसैगरी संघीय संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने विषयमा पनि छलफल हुनेछ।